शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

श्रम मन्त्रालयको खर्च कटौती गर्न आवश्यक छैन : श्रममन्त्री

सोमबार, ३० जेठ २०७९, १८ : २८
सोमबार, ३० जेठ २०७९

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसन) ले मन्त्रालयका लागि आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन भएको बजेट कटौती गर्न आवश्यक नभएको बताएका छन् ।  बिनियोजन विधेयकका सन्दर्भमा मन्त्रालयगत छलफलमा केही सांसदहरुले उठाएको प्रश्नबारे जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले कतिपय कार्यक्रमहरु मन्त्रालयले सुधारका लागि अघि बढाएको भन्दै सांसदहरु प्रेम सुवाल, दुर्गा पौडेल र आशा कुमारी विश्वकर्माले बजेट खर्च कटौती गर्न लिखित प्रस्ताव गरेपनि त्यो आवश्यक नभएको बताए । 

उनले आन्तरिक रोजगारीको सन्दर्भमा प्रधानमन्त्री रोजगार कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई व्यवस्थापन गर्न आवश्यक प्रबन्ध गरिएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप