नेपाल युक्रेनभन्दा संवेदनशील अवस्थामा रहेको छ : प्रदिप ज्ञवाली
नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अहिले नेपाल युक्रेनभन्दा संवेदनशिल अवस्थामा रहेको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आज बोल्दै उनले संयम भएर परराष्ट्र नीतिको अभ्यास गर्न उनले सरकारलाई सचेत गराएका छन् ।
‘आज युक्रेनमा जे देखिएको छ । त्यसतर्फ हामीले पनि ख्याल गर्नुपर्ने हुन्छ,’ उपमहासचिव ज्ञवालीले भने । वर्तमान सरकारले चीनसँग गरेको व्यवहार ठिक नभएको समेत उनले बताए । ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अनुदानमा पाए लिने नत्र नलिने । सित्तैमा पाए अलकत्रा खाने हो । चीनसँग वर्तमान सरकारको नीति ठिक भएन,’ उपमहासचिव ज्ञवालीले भने, ‘ऋण लिने वा अनुदान भन्ने मेरिट बेसमा हुनुपर्छ । हामीले कुनै सहायता सित्तैमा पाए पनि लिनु हुँदैन । तर, आवश्यकता पर्यो भने ऋण पनि लिने हाम्रो नीति हो ।’
केही दिनअघि तिब्बत मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्रीको नेपाल भ्रमणप्रति उनले आपत्ति जनाए । उनले भने, ‘छिमेकलाई र उसको चासोलाई बेवास्ता गरेर हामी जे गर्दै छौं त्यसले हामीलाई अप्ठेरोमा पार्छ ।’
समग्रमा वर्तमान सरकारको छिमेक सम्बन्ध ठीक नभएको उनले बताए । वर्तमान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सुरुमै बिदेशीका लागि कन्फरटेवल सरकार भनेर परराष्ट्र नीतिबारे गलत अभ्यास सुरु गरेको आरोप उनले लगाए ।
‘सीमाबारे हामीले कालापानीलाई संविधान नै समेटेर नक्सामा राख्यौं । त्यो भुभाग लिनेतिर ध्यान दिएनौँ । बरु समस्या नै नभएको चीनबारे सिमा मिचिएको भनी अध्ययन गर्यौं । के आयो रिजल्ट ?,’ उपमहासचिव ज्ञवालीले प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण