संसदबाट विशेष प्रस्ताव पारित : मल ल्याउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन
प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गर्दै किसानहरुलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पेस गरेको सार्वजनिक जरुरी महत्वको प्रस्तावमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले विशेष प्रस्ताव पेश गरेका हुन् । सो प्रस्ताव बैठकमा सर्वसम्मतिले पास भएको हो ।
जरुरी महत्वको प्रस्तावमा ४८ जना सांसदहरुले विचार राखेका थिए । त्यसपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र रायले जवाफ दिएका थिए । उक्त जवाफ समेतका आधारमा समान किसिमको धारणा आएकोले सभामुखले विशेष प्रस्ताव पेश गरेका हुन् । पारित विशेष प्रस्तावमा सम्भाव्य सवै विकल्प अपनाएर किसानलाई सहज रुपमा मल उपलव्ध गराउन भनिएको छ ।
विशेष प्रस्ताव :
‘रासायनिक मल कृषि उत्पादन बृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलव्ध नभएको विषयमा यस सदनको गम्भिर ध्यानाकर्षण भएको छ । कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहज रुपमा उपलब्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्वन गरी कार्य सम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण