बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको घोषणा

सोमबार, ३० जेठ २०७९, १७ : ३१
सोमबार, ३० जेठ २०७९

नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि क्यानले सोमबार रुबिनाको कप्तानीमा १५ सदस्यीय महिला टिमको घोषणा गरेको हो ।

प्रारम्भिक टोलीमा रहेका १९ खेलाडीबाट नेपालले अन्तिम टोलीको घोषणा गरेको हो । च्याम्पियनसिप यहि जुन १७ बाट सुरु हुनेछ । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।  यस्तै समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् । नेपालले भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । खेल जुन १७ मा हुनेछ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी(ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

नेपाली टोली
रुबिना क्षेत्री, इन्दु वर्मा, सीता रानामगर, ज्योती पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अपसरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, संगिता राई, अस्मिता कर्माचार्य, मनिषा उपाध्याय, विन्दु रावल, ममता चौधरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप