शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा महिला प्रतिनिधित्व सुनिश्चित हुनेगरी कानुनी सुधार गर्न निर्देशन

सोमबार, ३० जेठ २०७९, १७ : ०६
सोमबार, ३० जेठ २०७९

राष्ट्रिय सरोकार तथा समन्वय समितिले आगामी निर्वाचनमा महिला प्रतिनिधित्वलाई सुनिश्चित गर्ने गरी कानुनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।  

सोमबार बसेको राष्ट्रियसभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा महिला प्रतिनिधित्वलाई सुनिश्चित गर्नेगरी कानुनी सुधार गर्न निर्वाचन आयोग र नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । कानुन संशोधन गर्नुपर्ने भए संशोधन गर्न र कानुनी व्यवस्था नभए नयाँ बन्ने कानुनमा महिला प्रतिनिधित्व सुनिश्चित हुनेगरी व्यवस्था गर्न सरकारलाई लेखि पठाउने निर्णय गरिएको समिति सभापति दिलकुमारी रावल थापाले बताइन् ।  

समितिको बैठकमा राष्ट्रियसभा सदस्यहरुले स्थानीय तह निर्वाचनमा महिला सहभागिता अपेक्षाकृत हुन नसकेको उल्लेख गर्दै महिला जनप्रतिनिधिहरुको संख्यामा वृद्धि गरिनुपर्ने धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप