प्रतिवर्ष ५ लाख मेट्रिक टन मल भारतबाट प्राप्त गर्ने सहमति भइसकेको छ : मन्त्री यादव
कृषि मन्त्री महेन्द्र राय यादवले प्रति वर्ष ५ लाख मेट्रिक टन रासायनिक मल प्राप्त गर्ने गरी भारत सरकारसँग सिधा जिटुजी सम्झौता भइसकेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा मल खाद्य आपूर्तिको सम्बन्धमा उठेको प्रश्नमा जवाफ दिँदै मन्त्री यादवले अहिले झन्झटिलो टेन्डर प्रक्रियाकै कारण मल आपूर्तिमा समयमा आएको बताउँदै अब नेपाल–भारत सिधा जीटीबी माध्यमबाट करिब ८० लाख मेट्रिक टन मल आपूर्ति गर्ने गरी एमओयू भएको बताए ।
‘अहिलेकै टेन्डर प्रक्रियामा जाने हो भने मल ल्याउन कम्तिमा पनि २२६ दिन लाग्छ । यस्तो लेन्दि र झन्झटिलो प्रक्रियाले समयमै मल आपूर्ति गर्न सक्दैनौं । त्यसैले अब सरकार जिटुजी सिधा मल खरिदमा जाँदैछ’ मन्त्री यादवले भने ।
प्रत्येक वर्ष साढे तीन लाख मेट्रिक टन थप गर्दै प्रति वर्ष ५ लाख मेट्रिक टन मल भारतले आपूर्ति दिने गरी भारत सरकारसँग नेपालले सम्झौता गरेको उनले बताए ।
खास गरी पछिल्लो समय कोभिड–१९ को विश्व महामारीका कारण विश्व बजारमा नै उत्पादन कम भएको र कम उत्पादनकै कारण महँगी बढेको र आपूर्तिमा समेत समस्या परेको उनले बताए । यद्यपि, अहिलेको समस्या समाधानका लागि सरकारले आगामि असार १ गतेदेखि नै मल आपूर्ति हुने गरी मल आयात प्रक्रिया थाल्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण