बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

देउवाको भूमिका सन्तोषजनक छ : कोइराला

सोमबार, ३० जेठ २०७९, १७ : ००
सोमबार, ३० जेठ २०७९

नेपाली काँग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गरेका छन् । 

नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रुपमा लिएको निर्णयमा आफूहरुको कुनै विरोध नभएको पनि स्पष्ट पारे । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले पार्टी भित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमति राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रिया समेत दिए । 

पार्टीका पदाधिकारीहरूलाई पनि देउवाले पद अनुसारको भूमिका दिएको महामन्त्री कोइरालाको भनाइ थियो । उनले भने, ‘हरेक निर्णय गर्दा हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजीले सबैसँग सल्लाह गर्नु हुन्छ । सर्वदलीय बैठकमा मुख्यमुख्य मान्छेहरु गएर निर्णय गरिन्छ । तर धेरैजसो निर्णयहरु ठिकै भएको छ । यसमा हाम्रो कुनै विरोध छैन । पदाधिकारीहरु सबैले आ–आफ्नो भूमिका पाइरहेका छन ।’

नेता कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति सुद्धिकरण आयोग आफू मातहत राख्ने÷नराख्ने भन्ने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएकाले त्यसमा विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क गरे । तत्कालीन प्रधानमन्त्री केपी ओलीले ती दुवै निकाय आफ्नो मातहतमा ल्याएको भन्दै नेपाली काँग्रेसले विरोध गरेको थियो नि रु भन्ने सञ्चारकर्मीहरुको प्रश्न थियो । त्यो अधिकार प्रधानमन्त्रीको भएकाले त्यसमा विरोध गरिरहन आवश्यक नभएको नेता कोइरालाको जवाफ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप