अन्तर्राष्ट्रिय बजारमा मूल्यको उतारचढावका कारण समयमै मल ल्याउन सकिएन : कृषिमन्त्री
सोमबार, ३० जेठ २०७९, २२ : ०८

कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उतारचढावका कारण समयमै मल भित्र्याउन नसकिएको बताएका छन् ।
प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा स्थगन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख पाँच हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले एक लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रकृया सुरु गरिए पनि समयमै ल्याउन नसकिएको बताए ।
उनले दुई लाख २२ हजार मेट्रिक टन मल ल्याउने प्रकृयामै रहे पनि समयमै आपूर्ति हुन नसक्दा बजारमा अभाव देखिएको जिकिर गरे । समयमै मल आपूर्ति नगर्ने ठेकेदारको ठेक्का रद्द गरी आवश्यक कारवाहीको प्रकृया सुरु गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कार्यशैली नबदले जनताले सरकारको विकल्प खोज्छन्’
-
गणेश थापामाथि फिफाले लगाएको प्रतिबन्ध टुंगियो
-
‘आफू काम नगर्ने, गल्लीमा बसेर गाली मात्र गर्ने ?’
-
कांग्रेस-एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड
-
धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु
-
शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन हो : जनमोर्चा