अन्तर्राष्ट्रिय बजारमा मूल्यको उतारचढावका कारण समयमै मल ल्याउन सकिएन : कृषिमन्त्री
सोमबार, ३० जेठ २०७९, २२ : ०८
कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उतारचढावका कारण समयमै मल भित्र्याउन नसकिएको बताएका छन् ।
प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा स्थगन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख पाँच हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले एक लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रकृया सुरु गरिए पनि समयमै ल्याउन नसकिएको बताए ।
उनले दुई लाख २२ हजार मेट्रिक टन मल ल्याउने प्रकृयामै रहे पनि समयमै आपूर्ति हुन नसक्दा बजारमा अभाव देखिएको जिकिर गरे । समयमै मल आपूर्ति नगर्ने ठेकेदारको ठेक्का रद्द गरी आवश्यक कारवाहीको प्रकृया सुरु गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण