मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

म जीवनभर सिटीको समर्थक : हालान्ड

सोमबार, ३० जेठ २०७९, १६ : ३९
सोमबार, ३० जेठ २०७९

म्यान्चेटर सिटीका स्टार खेलाडी इलिङ हलान्डले आफू जीवनभर सिटीको मसर्थक भएको बताएका छन् । भर्खरै मात्र सिटीसँग सम्झौता गरेका हालान्डले आफू पहिले देखि सिटीको समर्थक भएर र जीवनभर रहने बताएका छन् ।

हालान्डले पहिलो पटक सिटीमा अन्तवार्ता दिएका हुन् । हालान्डका पिता एल्फि हालान्डले सिटीबाट ४६ लिग खेल खेलेका थिए । त्यसपछि उनले केन इन्ज्यूरीका कारण सन् २००३ मा ३० वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका थिए ।

सिटी नै आउनुको पहिलो कारण के हो भन्ने डेभिड केल्टोनको प्रश्नमा हालान्डले भने, ‘पहिलो कारण नै मेरो पिता । त्यसपछि म इङ्ल्यान्डमा जन्मिए । म मेरो जीवनभर सिटीको समर्थक हुँ । मलाई क्लबको बारेमा धेरै कुरा थाहाँ छ ।’

हालान्डले सिटी आफ्नो घर जस्तै लाग्ने बताए । नर्वेका स्टार हालान्डले आफू सिटीमा रहेर धेरै कुरा परिवर्तन गर्ने सोचमा आफू आएको बताए । उनले आफू अट्याकिङ फुटबल मन पराउने भएकाले पनि सिटीको खेल हेर्दा सकरात्मक उर्जा आउने बताए ।

‘म इङ्यान्डमा घर जस्तै आभास गर्छु । मैले यहाँ आफ्नो खेलमा धेरै विकास गर्ने आशा गरेको छु । म अट्याकिङ फुटबल मन पराउँछु । सिटीको खेल हेर्दा सकरात्मक उर्जा आउँछ,’ हालान्डले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप