आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आदिपुरुषदेखि लाइगरसम्म : दर्शकको प्रतीक्षित सुचिमा रहेका ५ साउथ फिल्म

सोमबार, ३० जेठ २०७९, १६ : २४
सोमबार, ३० जेठ २०७९

फिल्म ‘आरआरआर’ र ‘केजीएफ चैप्टर २’ पछि साउथ फिल्मको क्रेज बढ्दो छ । त्यसैले दर्शक साउथ रिलिजको तयारीमा रहेको फिल्मको सधै प्रतिक्षामा हुने गर्दछन् । अहिले साउथका ती ५ फिल्मको चर्चा गर्न खोजिएको छ,  जसको पर्खाइमा दर्शक छन् ।

विक्रान्त रोना 

फिल्म ‘विक्रान्त रोना’ एक थ्रि डी फिल्म हो । यसको निर्देशन अनुप भण्डारीले गरेका हुन् । फिल्ममा किच्चा सुदीप, ज्याकलीन फर्नाडिसको मुख्य भुमिका छ । २८ जुलाईमा रिलिज हुने यो फिल्म कन्नड, तमिल, तेलुगू, मलयालम र हिन्दी गरेर एकसाथ पाँच भाषामा रिलिज हुँदैछ ।

आदिपुरुष 

प्रभास अभिनित मेघा बजेटको फिल्म हो आदिपुरुष । फिल्म नयाँ वर्षको १२ जनवरीमा रिलिज हुँदैछ । फिल्म ११ अगष्टमा रिलिज हुने तयारीमा थियो । आमिर खानको फिल्म ‘लालसिंह चड्डा’ रिलिजको कारण फिल्म सरेको हो । प्रशान्त नीलको निर्देशन रहेको फिल्ममा प्रभासको अलवा श्रृति हसनको समेत मुख्य भुमिका छ ।

यशोदा 

साउथ फिल्मकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुको मुख्य अभिनय रहेको फिल्म तेलुगू, तमिल, कन्नड, मलयालम र हिन्दी भाषामा एकसाथ रिलिज हुन लागेको छ । १२ अगष्टमा रिलिज हुने फिल्मको केही अगाडि टिजर सार्वजनिक गरिएको थियो । यसले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

लाइगर 

अभिनेता विजय देवरकोन्डा अभिनित फिल्म ‘लाइगर’ छिट्टै रिलिज हुँदैछ । फिल्ममा विजयबाहेक अनन्या पाण्डे, माइक टायसन, राम्या कृष्णन, रोनित रायलगायतको अभिनय देख्न सकिन्छ । धर्मा प्रोडक्सनको ब्यानरमा करण जौहर निर्माता रहेको फिल्म जगन्नाथले निर्देशन गरेका हुन् । फिल्म हिन्दी, तमिल, तेलुगू, कन्नड र मलयालम भाषामा रिलिज हुँदैछ ।

सालार 

‘सालार’ एक एक्शन ड्रामामा बनेको फिल्म हो । यसका निर्देशन प्रशान्त नील हुन् । फिल्ममा प्रभासको अलावा श्रुति हसन, दिशा पाटनी, जगपतिबाबु लगायतको अभिनय देख्न सकिन्छ । फिल्म २०२३ मा रिलिज हुँदैछ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप