मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

जिसस रुपन्देहीमा काँग्रेसलाई साना दलको साथ

सोमबार, ३० जेठ २०७९, १६ : ११
सोमबार, ३० जेठ २०७९

जिल्ला समन्वय समिति रुपन्देहीको निर्वाचनको लागि  नेपाली काँग्रेसलाई साना दलहरूले साथ दिने भएका छन् । आगामी असार ४ गते हुने चुनावमा काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टीबीच गठबन्धन हुने भएको हो । नेकपा एमाले भने एक्लै निर्वाचन लड्ने भएको छ । 

जिल्ला समन्वय समितिको चुनावका लागि ३२ मतदाता रहेका छन् । जितको लागि १७ मत आवश्यक पर्ने छ । काँग्रेस नेतृत्वको गठबन्धनसँग २० मत रहेको छ । यो गठबन्नधन कायमै रहेमा काँग्रेसको जित निश्चित रहेको छ ।  काँग्रेससँग १४, लोसपासँग ३, जसपासँग १ र जनता प्रगतिशील पार्टीसँग २ मत छ । त्यस्तै एमालेसँग ११ मत मात्र रहेको छ भने १ मत रहेको राप्रपाले उम्मेदवारी दिएको छैन। जिससको प्रमुखमा गठबन्धनबाट काँग्रेसका   उमाकान्त चपाई र उपप्रमुखमा लोसपाकी रामकिर्पाल धोबी उम्मेदवार बनेका छन्।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप