सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत : उपमहासचिव ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भएको बताएका छन् । सोमवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।
उनले वर्तमान गठबन्धन सरकार बन्दै गर्दा नेपाली जनताको हित र राष्ट्रको हितमा काम गर्ने भन्दा पनि अन्य देशको लागि कम्फर्टेबल बन्नेगरी अगाडि बढेको आरोप लगाए । ज्ञवालीले सरकारले पछिल्लो समय केही निर्णयहरु कम्फर्टेबल बन्ने किसिमले गरेको पनि बताए । उनले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा गरेका गतिविधिको कारण नेपालको परराष्ट्र सम्बन्ध विचलन आएको बताए । सरकारले शुरुमा नै चीनसँग कृत्रिम सीमा विवादको विषय निकालेर गल्ती गरेको बताए ।
उपमहासचिव ज्ञवालीले सरकारले एउटा छिमेकी राष्ट्रलाई खुशी पार्ने र अर्कोलाई चिढ्याउने काम गरेको आरोप लगाए । उनले एउटा देशलाई रिझाउने र अर्कोलाई चिढ्याउने काम गर्नु उचित नभएको जिकिर गरे । ज्ञवालीले सरकारलाई विदेशी ऋण लिँदा नेपालको हित र राष्ट्रिय आवश्यकतालाई हेरेर लिन सुझाव दिए । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण रक्षामन्त्री, नेपाली काँग्रेसको सभापति वा गठबन्धनको प्रधानमन्त्रीको हैसियतले हुन लागेको हो भन्ने जानकारी दिन माग गरे ।
त्यस्तै बैठकमा सांसद शेख चाँदताराले सरकारले गरेका अन्तर्राष्ट्रिय गतिविधिको विषय देखेर दिक्क लागेको बताए । उनले प्रतिपक्ष दल भीम रावल एकजना मात्रै राष्ट्रवादी भएर नहुने बताए । सांसद चाँदताराले सत्तापक्ष तथा सबै सांसदहरुले बोेल्नुपर्ने बेला आएको बताए । देशमा अन्तर्राष्ट्रिय मुलुकबाट प्रतिनिधिहरू आउने तर समितिलाई जानकारी नहुने,समितिका सांसदहरु तलव र भत्ता खानलाई मात्रै नभएको बताए । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण बारे समितिलाई लिखित रुपमा जानकारी दिन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण