सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत : उपमहासचिव ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भएको बताएका छन् । सोमवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।
उनले वर्तमान गठबन्धन सरकार बन्दै गर्दा नेपाली जनताको हित र राष्ट्रको हितमा काम गर्ने भन्दा पनि अन्य देशको लागि कम्फर्टेबल बन्नेगरी अगाडि बढेको आरोप लगाए । ज्ञवालीले सरकारले पछिल्लो समय केही निर्णयहरु कम्फर्टेबल बन्ने किसिमले गरेको पनि बताए । उनले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा गरेका गतिविधिको कारण नेपालको परराष्ट्र सम्बन्ध विचलन आएको बताए । सरकारले शुरुमा नै चीनसँग कृत्रिम सीमा विवादको विषय निकालेर गल्ती गरेको बताए ।
उपमहासचिव ज्ञवालीले सरकारले एउटा छिमेकी राष्ट्रलाई खुशी पार्ने र अर्कोलाई चिढ्याउने काम गरेको आरोप लगाए । उनले एउटा देशलाई रिझाउने र अर्कोलाई चिढ्याउने काम गर्नु उचित नभएको जिकिर गरे । ज्ञवालीले सरकारलाई विदेशी ऋण लिँदा नेपालको हित र राष्ट्रिय आवश्यकतालाई हेरेर लिन सुझाव दिए । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण रक्षामन्त्री, नेपाली काँग्रेसको सभापति वा गठबन्धनको प्रधानमन्त्रीको हैसियतले हुन लागेको हो भन्ने जानकारी दिन माग गरे ।
त्यस्तै बैठकमा सांसद शेख चाँदताराले सरकारले गरेका अन्तर्राष्ट्रिय गतिविधिको विषय देखेर दिक्क लागेको बताए । उनले प्रतिपक्ष दल भीम रावल एकजना मात्रै राष्ट्रवादी भएर नहुने बताए । सांसद चाँदताराले सत्तापक्ष तथा सबै सांसदहरुले बोेल्नुपर्ने बेला आएको बताए । देशमा अन्तर्राष्ट्रिय मुलुकबाट प्रतिनिधिहरू आउने तर समितिलाई जानकारी नहुने,समितिका सांसदहरु तलव र भत्ता खानलाई मात्रै नभएको बताए । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण बारे समितिलाई लिखित रुपमा जानकारी दिन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन