बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ब्लूटूथ कलिङ्ग फिचर भएको स्मार्टवाच नेपाली बजारमा

सोमबार, ३० जेठ २०७९, १५ : ५४
सोमबार, ३० जेठ २०७९

अन्तर्राष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा नयाँ स्मार्टवाच मोडल लन्च गरेको छ। कम्पनीको नेपालका लागि एक मात्र आधिकारीक आयातकर्ता तथा वितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बिच नेपालमा नयाँ स्मार्ट वाचहरुको घोषणा गरेको हो।

यससँगै कर्नको विश्व स्तरीय स्मार्ट वाच सी डब्लु ७० मोडल नेपालमा उपलब्ध भएको छ। कर्नको नयाँ स्मार्टवाचमा १.८२ इन्चको आईपीएस डिस्प्ले, वाटरप्रुफ फिचर, बिग ब्याट्री क्यापासिटी, वायरलेस चार्जिङ्ग, ब्लड अक्सिजन मनिटर, हर्टरेट मनिटर लगायतका विशेषता रहेका छन् । यसका साथै यसमा यसको सबैभन्दा ठूलो विशेषता भनेको ब्लूटूथ कलिङ्ग फिचर रहेको छ। नयाँ स्मार्टवाचमा ३६५ दिनको वारेन्टी पनि रहेको छ।

कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर राज गुप्ताले नेपाली बजारमा विश्व स्तरका गुणस्तरीय एसेसरिजहरु उपलब्ध गराउँदै आएको र बजेट सिरिजमा ब्लूटूथ कलिङ्ग फिचरसहित स्मार्ट वाच पनि ल्याएको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप