बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सूर्या लाइफ इन्स्योरेन्सको बागमती प्रदेशस्तरीय सेमिनार सम्पन्न

सोमबार, ३० जेठ २०७९, १५ : ४१
सोमबार, ३० जेठ २०७९

सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेशस्तरीय विजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न गरेको छ ।  एक समारोहका बीच करिब ३०० भन्दा बढी आभिकर्ताहरु माझ सेमिनार सम्पन्न भएको हो । 

 बागमती प्रदेश प्रमुख शुशिल चापागाईँको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले गरेका थिए । कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल,  कामु. सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ्ग प्रमुख प्रमोद सापकोटा लगायत पेशागत अभिकर्ता संघका अध्यक्ष राम बहादुर तामाङ्गको अतिथ्य रहेको थियो । उक्त कार्यक्रमा जीवन बीमाको अभिन्न अङ्गको रुपमा मानिने बागमती प्रदेशका अभिकर्ताहरुको उत्साह जनक सहभगिता रहेको थियो । 

कार्यक्रममा २०२३ का एमडीआरटीहरुलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म बागमती प्रदेश अन्तर्गत आफनो व्यक्तिगतकोडमा अधिकतम बिमाशुल्क हाँसिल गर्न सफल २५ जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । साथै देशैभरीबाट वैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताहरुको घोषणा गरिएको थियो । लक्की ड्रमा  भैरहवा शाखाबाट शोभा जिसिले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितीय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रंन्जिता बुढाथोकीले तृतीय पुरस्कार मोबाइल जित्न सफल भएका थिए । 

विजेता सम्पूर्णलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सम्मान गर्नुका साथै प्रमाण पत्र, मायाको चीनो र पुरस्कार वितरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप