बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

जिल्ला समन्वय समिति बारामा एमाले विजयी

सोमबार, ३० जेठ २०७९, १५ : २५
सोमबार, ३० जेठ २०७९

जिल्ला समन्वय समिति बाराको प्रमुखमा  एमाले उम्मेदवार नरेन्द्र कुमार साह विजयी भएका छन् ।  साह २० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका रामदयाल धानुकले ९ मत पाएका हुन् । यस्तै उपसभापतिमा एमालेकै चण्डीका उप्रेतीले १७ मत पाएर विजयी हुँदा गठबन्धन तर्फबाट जसपा उम्मेदवार पवन ब्याहुतले १५ मत पाएका छन् । 

यस्तै सदस्य पदमा जसपाको तर्फबाट क्रमशः प्रदिप केशरी, श्यामबाबु यादव, चन्देश्वरप्रसाद यादव, लोसपाबाट प्रभादेवी साह, उमादेवी चमार र  एमालेबाट सुमित्रादेवी र नेशा खातुन निर्वाचित भएको जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  जिल्लाभरका १६ वटा स्थानीय तहका प्रमुख उपप्रमुख गरी ३२ जना जनप्रतिनिधिहरु आज भएको जिल्ला समन्वय समिति निर्वाचनमा सहभागी भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप