बर्दियामा प्रचण्ड : भुईँमा पलेँटी कसेर खाना र प्रशिक्षण (तस्बिरहरु)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कामका शिलशिलामा सोमबार बर्दिया पुगेका छन् । त्यसक्रममा प्रचण्डले स्थानीय कार्यकर्ताको घरमा पुगेर सँगै खाना समेत खाएको तस्बिर सार्वजनिक भएको छ ।
प्रचण्डले कार्यकर्ताहरूसँग भुईँमै बसेर पलेँटी कसेर खाना खाँदै गरेको तस्बिर छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमार्फत तस्बिर सार्वजनिक गरेकी हुन् । स्थानीय कार्यकर्ताको घरमा खाना खाएपछि प्रचण्ड नेकपा ९ माओवादी केन्द्र ० बर्दिया जिल्ला समन्वय समितिद्वारा आयोजित वैचारिक तथा राजनैतिक प्रशिक्षणमा सहभागी भएका छन् । प्रशिक्षण कार्यक्रममा पनि कुर्सीबिनाको मञ्चमा बसेर अध्यक्ष प्रचण्डले नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएका छन् । यसअघिका कार्यक्रममा प्रचण्ड मञ्चमा सोफामा बस्ने गरे पनि बर्दियामा फरक दृश्य देखिएको छ । प्राय कम्युनिष्टको कार्यक्रममा मञ्च, आशन तथा कुर्सी राख्नु कम्युनिष्टको सिद्धान्त विपरीत हुने भनिएपनि नेपालका कम्युनिष्ट पार्टीका कार्यक्रममा आरामदायी आशन, भव्य मञ्च हुने गरेका छन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण