बर्दियामा प्रचण्ड : भुईँमा पलेँटी कसेर खाना र प्रशिक्षण (तस्बिरहरु)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कामका शिलशिलामा सोमबार बर्दिया पुगेका छन् । त्यसक्रममा प्रचण्डले स्थानीय कार्यकर्ताको घरमा पुगेर सँगै खाना समेत खाएको तस्बिर सार्वजनिक भएको छ ।
प्रचण्डले कार्यकर्ताहरूसँग भुईँमै बसेर पलेँटी कसेर खाना खाँदै गरेको तस्बिर छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमार्फत तस्बिर सार्वजनिक गरेकी हुन् । स्थानीय कार्यकर्ताको घरमा खाना खाएपछि प्रचण्ड नेकपा ९ माओवादी केन्द्र ० बर्दिया जिल्ला समन्वय समितिद्वारा आयोजित वैचारिक तथा राजनैतिक प्रशिक्षणमा सहभागी भएका छन् । प्रशिक्षण कार्यक्रममा पनि कुर्सीबिनाको मञ्चमा बसेर अध्यक्ष प्रचण्डले नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएका छन् । यसअघिका कार्यक्रममा प्रचण्ड मञ्चमा सोफामा बस्ने गरे पनि बर्दियामा फरक दृश्य देखिएको छ । प्राय कम्युनिष्टको कार्यक्रममा मञ्च, आशन तथा कुर्सी राख्नु कम्युनिष्टको सिद्धान्त विपरीत हुने भनिएपनि नेपालका कम्युनिष्ट पार्टीका कार्यक्रममा आरामदायी आशन, भव्य मञ्च हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?