बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेयर हमालले साथ दिएपछि जिसस कैलालीमा गठबन्धन विजयी

सोमबार, ३० जेठ २०७९, १४ : ४४
सोमबार, ३० जेठ २०७९

कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सोमबार धनगढीमा भएको मतदानमा गठबन्धनका उम्मेदवारले एक मतान्तरले प्रमुख र उपप्रमुख जितेका हुन् ।  गठबन्धनमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित थिए भने एमाले र नागरिक उन्मुक्ति पार्टीबीच तालमेल थियो । गठबन्धनको प्रमुख र उपप्रमुखमा १३ र एमाले–उन्मुक्तिमा तालमेल १२ मत आएको थियो ।

स्वतन्त्र पार्टी निर्वाचित धनगढी उपमहानगर पालिकाका मेयर गोपाल हमालले साथ दिएपछि गठबन्धनले जित हात पारेको छ । भ्रष्टाचार मुद्दाका कारण माओवादीबाट निर्वाचित मोहन्याल गाउँपानीका देवीदत्त उपाध्यायले भने मतदान गर्न पाएका थिएनन् । तर समितिको प्रमुखमा गठबन्धनबाट काँग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन्। उनले १३ मत पाउँदा नागरिक उन्मुक्तिका इन्द्र चौधरीले १२ मत पाए।

उपप्रमुखमा माओवादीका खगराज भुसाल १३ मत पाएर विजयी भए। एमालेका राजेन्द्र खनालले १२ मत पाए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप