आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

सोमबार, ३० जेठ २०७९, १४ : ३७
सोमबार, ३० जेठ २०७९

सोमबारको प्रतिनिधिसभा बैठक केही घण्टा बसेर आधा घण्टाका लागि स्थगित भएको छ ।  सार्वजनिक महत्वको प्रस्तावमाथिको सांसदहरुले धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो । 

एमाले सांसद विशाल भट्टराई लगायतका १५ सांसदले बजेटमाथिको मन्त्रालयगत छलफल स्थगन गरेर मुख्य बाली धान खेती लगाउने बेलामा किसानले मल नपाएको भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । सोही प्रस्तावमाथि सांसदहरुले आआफ्ना धारणा राखिसकेपछि सभामुख अग्नि सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप