बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मल अभावबारे देउवा, प्रचण्ड, माधव र उपेन्द्रलाई नै स्पष्टीकरण सोध्नुपर्छ : प्रेम सुवाल

सोमबार, ३० जेठ २०७९, १४ : २३
सोमबार, ३० जेठ २०७९

सांसद प्रेम सुवालले किसानले मल नपाउनुको कारण प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका सबै नेतालाई स्पष्टिकरण सोध्नुपर्ने माग उठाएका छन् । आज प्रतिनिधिसभामा सम्बोधन गर्दै सुवालले मल नपाउनुको कारण देउवासँगै पुष्पकमल दाहाल, माधव नेपाल र उपेन्द्र यादवलाई नै सोध्नुपर्ने बताएका हुन् ।

‘यसबारे संसदले स्पष्टिकरण सोध्न जरुरी छ,’ सवालले भने, ‘यसबारे सभामुखबाट रुलिङ हुन जरुरी छ ।’ खेती लाउने समयमा मल नपाउँदा किसान समस्यामा परेकाले यस विषयमा संसदले स्पष्टिकरण सोध्नुपर्ने सुवालले बताएका हुन् ।

यस्तै, अहिलेको मल अभाव हटाउन बंगलादेश र रुससँग कुटनीतिक पहल सुरू गर्नुपर्ने उनको माग छ । यसैगरी, राष्ट्रसंघमा नेपालले रुसको विरुद्धमा भोटिङ गरेकाले पनि नेपालमा मल अभाव भएको सुवालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप