मल अभावबारे देउवा, प्रचण्ड, माधव र उपेन्द्रलाई नै स्पष्टीकरण सोध्नुपर्छ : प्रेम सुवाल
सोमबार, ३० जेठ २०७९, १४ : २३
सांसद प्रेम सुवालले किसानले मल नपाउनुको कारण प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका सबै नेतालाई स्पष्टिकरण सोध्नुपर्ने माग उठाएका छन् । आज प्रतिनिधिसभामा सम्बोधन गर्दै सुवालले मल नपाउनुको कारण देउवासँगै पुष्पकमल दाहाल, माधव नेपाल र उपेन्द्र यादवलाई नै सोध्नुपर्ने बताएका हुन् ।
‘यसबारे संसदले स्पष्टिकरण सोध्न जरुरी छ,’ सवालले भने, ‘यसबारे सभामुखबाट रुलिङ हुन जरुरी छ ।’ खेती लाउने समयमा मल नपाउँदा किसान समस्यामा परेकाले यस विषयमा संसदले स्पष्टिकरण सोध्नुपर्ने सुवालले बताएका हुन् ।
यस्तै, अहिलेको मल अभाव हटाउन बंगलादेश र रुससँग कुटनीतिक पहल सुरू गर्नुपर्ने उनको माग छ । यसैगरी, राष्ट्रसंघमा नेपालले रुसको विरुद्धमा भोटिङ गरेकाले पनि नेपालमा मल अभाव भएको सुवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण