शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर

सोमबार, ३० जेठ २०७९, १४ : १६
सोमबार, ३० जेठ २०७९

ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नम्बर ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरिएको छ । 

उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्करुपमा उपलब्ध गराएको बैंकले जनाएको छ । शिविरबाट १५० जना भन्दा बढी महिलाहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । 

बैंकद्वारा आयोजित उक्त शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा सम्पन्न भएको थियो ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप