बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बीटीएसको नयाँ एल्बम रिलिज भएको १ दिनमा ५ करोडभन्दा बढी भ्यू, ग्रुपको नाममा गिनिज बुक अफ वर्ल्डका २३ रेकर्ड

सोमबार, ३० जेठ २०७९, १४ : ०१
सोमबार, ३० जेठ २०७९

विश्वको सबैभन्दा लोकप्रिय समूह बीटीएसको नयाँ एल्बम प्रूफ जुन १० तारिखमा रिलिज भएको छ । यो बहुप्रतिक्षित एल्बम रिलिज भएको एक दिनमा युट्युबमा ५ करोडभन्दा बढी भ्युज आएको छ । मानिसहरू यस एल्बमको लागि व्यग्रताका साथ प्रतीक्षा गरिरहेका थिए । बीटीएस ग्रुप संसारमा निकै चर्चित भइसकेको छ । यसको कुनै पनि एल्बम रिलिज हुँदा मानिसहरुमा एक भिन्न खालको उत्सुकता रहेको छ, चाहे त्यो डिएतए होस् वा डाइनामाइट । आज यो मौकामा यो समूहको सुरुवात कसरी भयो र स्थापना भएको ९ वर्षभित्रै गिनिज बुक अफ वर्ल्डमा २३ वटा रेकर्ड राख्ने बीटीएस संसारको सबैभन्दा चर्चित साङ्गीतिक समूह कसरी भयो भन्ने बारे जानकारी लिऔँ ।  

सन् २०१३ मा सुरु भएको समूह विश्वभर चर्चित

बीटीएस दक्षिण कोरियाली ठिटाहरुको ब्यान्ड हो, जसलाई लञ्च गर्ने तयारी सन् २०१० मा नै सुरु भएको थियो । यो समूह आधिकारिक रूपमा सन् २०१३ मा सुरु भयो । यस समूहमा ७ जना सदस्य रहेका छन् जसको नाम आरएम (२६), जिन (२८), सुगा (२८), जे हप (२७), जिमिन (२५), वेई (२५), जुङकुक (२३) छन् ।  मानिसहरूले बीटीएसलाई ब्याङ्गटोन बोइजको रूपमा पनि चिन्छन् । समूहको पहिलो एल्बम ‘२ कूल ३ स्कूल’ ११ सेप्टेम्बर सन् २०१३ मा रिलिज भएको थियो । बीटीएसको पहिलो एल्बम यति लोकप्रिय भयो कि यसलाई सन् २०१३ का न्यू आर्टिस्ट अफ द इयर अवार्डमार्फत् सम्मानित गरियो ।

युवापुस्तामाझ बढी लोकप्रिय

बीटीएस ग्रुप विशेषतः युवापुस्तामाझ लोकप्रिय छ । यो ग्रुप आफ्नो प्रस्तुतीका लागि त चर्चित छ नै उनीहरुको लुक्स, हेयरस्टाइल, ड्रेसिङ सेन्सलाई पनि उनका प्रशंसकहरुले विशेष पछ्याउने गर्छन् । एउटै उमेर समूहका ७ युवाको यो समूहले आफ्नो हरेक नयाँ एल्बमसँग विश्व रेकर्ड बनाइरहेका छन् । यो ब्यान्ड दक्षिण कोरियाको ‘के–पप’ पप बोइज ब्यान्ड हो, तर यो संसारभरी मूलधारको ब्यान्ड बनिसकेको छ । यो समुहलाई कोरियाली कम्पनी बिग हिट इन्टरटेनमेन्टले तयार गरेको थियो । जसको नाम पूरा ब्याङटेन सोनिओन्डन हो । यसलाई ब्याङटेन बोयज वा बुलेटप्रुफ बोयजको नामले पनि चिनिन्छ ।

बीटीएसको नाममा २३ विश्व कीर्तिमान

बीटीएस समूहको नाममा २३ वटा गिनिज बुक अफ वर्ल्ड रेकर्डहरू छन् । सन् २०२१ मा रिलिज भएको  गीत ‘बटर’ ले आफ्नो नाममा ५ वटा गिनिज वर्ल्ड रेकर्ड बनाएको छ । यो भिडियो गीतको नाममा युट्युब प्रिमियरमा सबैभन्दा धेरै भ्युज प्राप्त गर्ने कीर्तिमान छ । यस गीत अघि यो कीर्तिमान बीटीएसकै गीत डाइनामाइटको नाममा थियो । यस्तै म्युजिक भिडियो ‘बटर’ युट्युबमा फास्टेस्ट रिच, टिकटकमा सबैभन्दा बढी भ्युज पाउने भिडियो, २४ घण्टामा सबैभन्दा धेरै भ्युज पाउने भिडियोको कीर्तिमान पनि छ । यो गीतको नाममा यसको लाइभ कन्सर्टमा सबैभन्दा बढी टिकट बेचिएको रेकर्ड पनि दर्ता छ । यो कन्सर्टको ७ लाख ५६ हजार टिकट बिक्रि भएको थियो । बीटीएसको नाम ट्वीटरमा सबैभन्दा धेरै इन्गेजमेन्टजस्ता २३ गिनिज वर्ल्ड रेकर्ड छ ।  

बीटीएस समूहका एल्बमहरू विश्वमा सबैभन्दा बढी खरिद गरिएका एल्बम

बीटीएस विश्वमा सबैभन्दा बढी रुचाइने समुह हो । यस्तोमा यसको एल्बम पनि धेरैले रुचाउने गर्छन् । ‘स्कुल लभ अफेयर, डार्क एन्ड वाइल्ड, फेस योरसेल्फ, विङ्ग्स, द मोस्ट ब्युटिफल मोमेन्ट इन लाइफ, लभ योरसेल्फ, म्यावप अफ द सोलः पर्सोना ’  ले विश्वभरी धमाका मच्चाएको छ । केही वर्षमा नै यो ब्यान्डले विश्वभरी आफ्नो पहिचान बनाएको छ । यो समुहलाई विश्वभरी यसको प्रस्तुती, कोरियोग्राफीका साथै यो ब्यान्डका सदस्यको मिहिनेत, आपसी तालमेल र स्किलका लागि पनि परिचित छ ।

यिनीहरूको लोकप्रियता यसबाट पनि अनुमान गर्न सकिन्छ कि यी कोरियाली ठिटाको ब्यान्डले डोनाल्ड ट्रम्प, मिशेल ओबामा र साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान जस्ता दिग्गजहरूलाई पराजित गर्दै ‘टाइम पर्न अफ द इयर’  को उपाधि जित्यो । यस्तै बीटीएसका सदस्य जंगकुकलाई त सन् २०२० को सबैभन्दा ‘सेक्सियस्ट इन्टरनेशनल म्यान’ को उपाधि प्रदान गरिएको थियो । पिपल म्यागजिनको अनलाइन पोलमा जंगकुकलाई सबैभन्दा बढी भोट पाएका थिए । साथै बीटीएसले आफ्नो म्युजिक र डान्समार्फत् हालसम्म ४६३ अवार्ड आफ्नो पोल्टोमा पारेको छ ।

हालसम्म १८ वटा गीत र एल्बम

बीटीएस समूहले सन् २०१३ देखि ६ कोरियाली एल्बमहरू जारी गरेको छ । यसै क्रममा यो समूहका ७ वटा कोरियन गीत पनि आइसकेका छन् । जसलाई जनताले निकै रुचाएका छन् । यस समुहका ५ वटा जापानी गीतहरु पनि रिलिज भएका छन् ।

ट्विटर र इन्स्टाग्राममा फ्यान फलोइङ

बीटीएसको ट्वीटरमा ४६.२ मिलियन फलोअरहरू छन् । यो समूहको इन्स्टामा ६४.८  मिलियन फलोअरहरू छन् । यो कुनै पनि संगीत ब्यान्डभन्दा धेरै फलो गरिएको ब्यान्ड हो । भर्खरै अमेरिकी राष्ट्रपति जो बाइडेनले बीटीएस समूहका सदस्यहरूलाई पनि भेटे, जसको भिडियो उनले आफ्नो ट्विटर ह्यान्डलबाट पनि ट्वीट गरेका छन् ।

७८१ करोड कूल सम्पत्ति

बीटीएस समूहको कुल सम्पत्तिको कुरा गर्नु पर्दा, यस समूहको कुल सम्पत्ति १०० मिलियन डलर छ । यस्तै यो समूहको सबैभन्दा धनी सदस्य जे–हप हुने जसको कुल सम्पत्ति ३४ डलर मिलियन छ । त्यसपछि आरएमको ३१ मिलियन डलर, सुगाको ३० मिलियन डलर, जिमिनको २७ मिलियन डलर, जंगकुकको २६ मिलियन डलर, भीको २६ मिलियन डलर र जिनको कुल सम्पत्ति २५ मिलियन डलर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप