इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडको दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको छ । यी दुई बैंकले एक आपसमा गाभ्ने सहमति भएसँगै सेयर कारोबार रोक्का गर्न नेप्सेमा पत्राचार गरेसँगै सोमबारदेखि कारोबार रोक्का भएको हो ।
संयुक्त रुपमा इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले कारोबार रोक्का गर्न यहि जेठ २७ गते नेप्सेलाई पत्र लेख्दै दुई बैंक एक आपसमा गाभ्ने/गाभिनेबारे प्रारम्भिक समझदारी भएको जानकारी गराएका थिए । सोही पत्रमा बैंकहरुले मर्जर प्रयोजनका लागि दुवै बैंकले आफ्नो सेयर कारोबार रोक्का गरी त्यसको जानकारीसमेत गराउन नेप्सेलाई आग्रह गरेका छन् ।
छिट्टै एकीकृत कारोबारमा जाने सहमति गरेका बैंकहरुले १००ः ९० स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरेका छन् । मर्जरपछि कुल ३२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा ठूलो बैंक बन्ने पक्का भएको छ ।
हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगाको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उस्ताद भनेर बोलाएको नरुचाउने उस्ताद अर्थात् जाकिर हुसैन
-
जसपा नेपालले तय गर्यो अधिवेशनको कार्यतालिका
-
नेपालबाट चीन मासु निर्यातका लागि सम्झौता
-
नेपालको जलविद्युतमा लगानीका लागि कोरियन लगानीकर्तालाई इप्पानको आग्रह
-
नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध
-
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको काम तीव्र