बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फाइनान्सको लगानी उच्च जोखिममा, राष्ट्र बैंकको रिपोर्टले देखायो यस्तो तथ्य

सोमबार, ३० जेठ २०७९, १३ : ०८
सोमबार, ३० जेठ २०७९

फाइनान्स कम्पनीहरुको लगानी उच्च जोखिममा देखिएको छ । राष्ट्र बैंकबाट ‘ग’ वर्गको वित्तीय संस्थाको मान्यता समेत पाएको फाइनान्स कम्पनीहरुको चालु आर्थिक वर्षको १० महिनामा खराब कर्जाको दर उच्च देखिएको हो । 
नेपाल राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्ममा यस्ता कम्पनीहरुले जारी गरेका कुल कर्जाको नन् पर्फमिङ लोन (एनपीएल) ७.४२ प्रतिशत रहेको छ ।

यस्तै, दोस्रोमा ‘क’ वर्गका वाणिज्य बैंकहरुको एनपीएल दर २.३३ प्रतिशत रहेको छ भने तेस्रोमा विकास बैंकहरुको २.१५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 
सरदरमा भने सबै बैंक तथा वित्तीय संस्थाहरुको गरी एनपीएल दर औषतमा २.४१ प्रतिशत रहेको बैंकले रिपोर्टमार्फत जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप