सरकारले मल दिन सक्दैन भने सीमा क्षेत्रमा मल बोकेर आउने किसानलाई दुःख नदिइयोस् : सांसदहरु
नेकपा एमालेका सांसदहरुले खेतीको समयमा रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभामा स्थगन प्रस्तावमाथि छलफलमा भाग लिँदै उनीहरुले सरकारले मल उपलब्ध गराउन नसक्ने हो भने मेचीदेखि महाकालीसम्म सीमा क्षेत्रका किसानलाई भारतबाट मल बोकेर आउँदा दुःख नदिन सुझाव दिए ।
सांसद सरिताकुमारी गिरीले बोर्डर क्षेत्रमा मल लिएर आउने किसानलाई दुःख नदिनका लागि गृह मन्त्रालयले प्रहरी प्रशासनलाई निर्देशन दियोस् भन्ने माग गरिन् । सांसद यज्ञराज सुनुवारले मन्त्रालयमा जाँदा नभेटिने, संसदमा नभेटिने मन्त्रीलाई स्थगन प्रस्तावले कमसे कम संसदमा खडा गराएको भन्दै मलको अभावबारे मन्त्रीबाट प्रस्ट कुरा आउने अपेक्षा गरे ।
‘गठबन्धन सरकारलाई असार महिना किसानले खेती लगाउने बेला हो भन्ने थाहा भए पनि मल उपलब्ध गराउन सक्दैन,’ उनले भने, ‘विद्यार्थी पाठ्यपुस्तक चाहन्छन्, सरकार पुस्तक दिन सक्दैन । किसान मल चाहन्छन्, सरकार मल दिन सक्दैन । सांसदहरु विकास चाहन्छन्, सरकार विकास दिन सक्दैन ।’
सांसद नवराज सिलवालले चीन, अमेरिका, भारत रासायनिक मल उत्पादनमा क्रमशः पहिलो, दोस्रो र तेस्रो मुलुक रहेको भन्दै दुई छिमेकी मुलुक मल उत्पादनमा अग्रणी रहँदा समेत नेपालले मल किनेर ल्याउन किन सक्दैन भन्ने प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण