सरकारले मल दिन सक्दैन भने सीमा क्षेत्रमा मल बोकेर आउने किसानलाई दुःख नदिइयोस् : सांसदहरु

नेकपा एमालेका सांसदहरुले खेतीको समयमा रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभामा स्थगन प्रस्तावमाथि छलफलमा भाग लिँदै उनीहरुले सरकारले मल उपलब्ध गराउन नसक्ने हो भने मेचीदेखि महाकालीसम्म सीमा क्षेत्रका किसानलाई भारतबाट मल बोकेर आउँदा दुःख नदिन सुझाव दिए ।
सांसद सरिताकुमारी गिरीले बोर्डर क्षेत्रमा मल लिएर आउने किसानलाई दुःख नदिनका लागि गृह मन्त्रालयले प्रहरी प्रशासनलाई निर्देशन दियोस् भन्ने माग गरिन् । सांसद यज्ञराज सुनुवारले मन्त्रालयमा जाँदा नभेटिने, संसदमा नभेटिने मन्त्रीलाई स्थगन प्रस्तावले कमसे कम संसदमा खडा गराएको भन्दै मलको अभावबारे मन्त्रीबाट प्रस्ट कुरा आउने अपेक्षा गरे ।
‘गठबन्धन सरकारलाई असार महिना किसानले खेती लगाउने बेला हो भन्ने थाहा भए पनि मल उपलब्ध गराउन सक्दैन,’ उनले भने, ‘विद्यार्थी पाठ्यपुस्तक चाहन्छन्, सरकार पुस्तक दिन सक्दैन । किसान मल चाहन्छन्, सरकार मल दिन सक्दैन । सांसदहरु विकास चाहन्छन्, सरकार विकास दिन सक्दैन ।’
सांसद नवराज सिलवालले चीन, अमेरिका, भारत रासायनिक मल उत्पादनमा क्रमशः पहिलो, दोस्रो र तेस्रो मुलुक रहेको भन्दै दुई छिमेकी मुलुक मल उत्पादनमा अग्रणी रहँदा समेत नेपालले मल किनेर ल्याउन किन सक्दैन भन्ने प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन
-
भीमा गुरुङ मृत्यु प्रकरण: एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने
-
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि
-
निरन्तरको कमजोर प्रदर्शनपछि प्ले–अफमा पुग्न सङ्घर्षरत मुम्बई र हैदराबाद आपसमा भिड्दै
-
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण