सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रसङ्घीय महासचिव र इरानी विदेशमन्त्रीबीच फोनवार्ता

सोमबार, ३० जेठ २०७९, १२ : ३८
सोमबार, ३० जेठ २०७९

संयुक्त राष्ट्रसङ्घीय महासचिव एनटोनियो गुटेरेसले र इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनका बीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा यमनमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको संयुक्त राष्टसङ्घीय महासचिव गुटर्रेसका प्रवक्ताले आइतबार विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका छन् । साथै उनीहरुका बीच इरानी आणविक सम्झौताका विषयमा पनि आवश्यक छलफल भएको समाचारमा जनाइएको छ ।

त्यस अवसरमा महासचिव गुटर्रेसले हाल यमनमा जारी रहेको भनिएको शान्ति वार्ताका लागि इरानले गरेको सहयोगका लागि इरानलाई धन्यवाद पनि दिनुभएको समाचारमा जनाइएको छ । त्यसैगरी शक्ति राष्ट्रहरूसँगको इरानको आणविक सम्झौताका बारेमा पनि उनीहरुका बीचमा कुराकानी भएको समाचारमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप