कृषि मन्त्रीप्रति खेद व्यक्त गर्दछु : झपटबहादुर रावल
सोमबार, ३० जेठ २०७९, १२ : १६
प्रतिनिधिसभा सदस्य झपटबहादुर रावलले मलको अभावमा किसान पिल्सिरहेको अवस्थामा विदेश भ्रमणमा रमाउने गरेको भन्दै कृषि मन्त्रीप्रति खेद व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा स्थगन प्रस्तावमाथिको छलफलमा भाग दिँदै उनले सरकार जनताका समस्यालाई बेवास्ता गर्दै कमिसनको खेलमा लागिरहेको आरोप लगाए ।
किसानका समस्याप्रति कृषिमन्त्री बेखबर रहेको भन्दै उनले मुठी रोपेर मुरी भित्र्याउने समयमा किसानलाई मलको अभाव भइरहेको तर्फ सरकार बेखबर रहेको आरोप लगाए । प्रतिपक्षका सांसदले आफ्नो माग लिएर मन्त्रीहरुलाई बुझाएको पत्र च्यातिएको भन्ने आफूले सुनेको भन्दै उनले त्यस्ता मन्त्रीलाई खबरदारी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?