असम्बन्धित मान्छेलाई मन्त्रालयमा बोलाएर राजस्वको दर हेरफेर गरिएको भन्दै योगेश भट्टराईको आपत्ति
नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थ मन्त्रालयसँग असम्बन्धित मान्छेलाई मन्त्रालयमा मध्यरातमा भित्र्याएर कर तथा राजस्वको दर फेरबदल गरिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले जेठ १४ गते मध्यरातमा भन्सारका दर, राजस्वका दर कसरी हेरफेर भए भन्नेबारे विभिन्न सञ्चारमाध्यममा समाचार आएको भन्दै ध्यानाकर्षण गराए ।
मध्यरात १२ बजे अमुक व्यक्तिलाई अर्थमन्त्रीले बोलाएर उच्च पदस्थ कर्मचारीसँग परिचय गराएर आफ्नो प्रतिनिधिका रुपमा उनको परिचय गराएको र अर्थमन्त्रीकै निर्देशनमा राजस्व, भन्सारका दरमा तलमाथि गरिएको भन्दै उनले ‘के गर्न खोजिएको हो ?’ भन्ने प्रश्नसमेत गरे ।
उनले भने, ‘हामीले शपथ खाएका छौं, हरेक मन्त्रीले शपथ खाएका छन्, पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि गोपनीयता भङ्ग गर्दैनौं भनेर शपथ खाएका छन् ।’ बजेट बनाउनु एक महिना अघिदेखि अर्थमन्त्रालयमा असम्बन्धित मानिसले प्रवेश नपाउने र सांसदहरुलाई समेत प्रवेश नदिइने भए पनि बजेट ल्याउनु अघि मध्यरातमा कसैलाई प्रवेश गराएर राजस्व र भन्सारका दरमा किन तलमाथि गरियो भन्नेबारे अर्थमन्त्रीले स्पष्टीकरण दिनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण