संसद अवरोध नगर्ने भन्दै फर्किए बालुवाटारबाट लोसपाका नेता
प्रधानमन्त्री शेरबहादुर देउवाले एक दुई दिनमा बजेट पारित हुने र त्यसलगत्तै संसदमा नागरिकता विधेयक पेश हुने बताएका छन् । बालुवाटारमा सोमबार बिहान लोकतान्त्रिक समाजवादीका नेताहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएको नेता राजेन्द्र महतोले बताए ।
यसअघि लोसपाका नेताहरुले जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । त्यसक्रममा देउवाले नागरिकता विधेयक अघि बढाउने बचन दिएपनि अघि नबढाएपछि लोसपाका नेताहरु सोमबार प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए ।
‘हामीले यसअघि नागरिकता विधेयक अघि बढाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थियौ, तर एक सातासम्म पनि प्रगति भएन । सोही विषयमा कुरा गर्न सोमबार पुन बालुवाटार गयौ’, प्रधानमन्त्रीसँगको भेटपछि महतोले भने, ‘हामीले पुरानो कुरा स्मरण गराउँदै संसद अवरुद्ध गर्नुपर्ने हो कि प्रक्रिया अघि बढ्छ भनेर भन्यौ ।’
जवाफमा प्रधानमन्त्रीले एक दुईदिन भित्र बजेट पारित हुने र त्यसलगत्तै प्रक्रिया अघि बढ्ने प्रतिवद्धता जनाएको महतोले बताए । ‘माग सम्बोधन नभए हामीले संसद अवरोध गर्ने तयारी गरेका थियौ । तर प्रधानमन्त्रीले पुनः प्रतिवद्धता जनाएकाले हाम्रो संसद अवरोध गर्ने कार्यक्रम तत्काललाई स्थगन गर्छौ भनेर बालुवाटारबाट फर्कियौँ’, नेता महतोले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण