सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

लमजुङमा मोटरसाइकल वर्कशपमा आगलागी

सोमबार, ३० जेठ २०७९, ११ : ४९
सोमबार, ३० जेठ २०७९

लमजुङमा मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । जिल्लाको सुन्दरबजार नगरपालिका ९ सिउडिबार धारापानीमा रहेको अधिकारी मोटरसाइकल वर्कशपमा सोमबार बिहान अन्दाजी पौने ५ बजे  आगलागी  भएको हो ।

आगलागी हुँदा ७ वटा पुरानो कवाडी  मोटरसाइकल, सर्भिसिङका लागि राखिएको एउटा मोटरसाइकल र २ वटा स्कुटर पूर्णरुपमा जलेको  जिल्ला प्रहरी कार्यलय लमजुङका सूचना अधिकारी जगदीश रेग्मीले बताए  ।  सीसी‍टीभी फुटेजमा देखिएको दृश्यलाई हेर्दा विद्युतको पोलमा तार सर्ट भएर  आगलागी भएको देखिएको छ । आगलागीको सूचना पाएलगत्तै प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप