शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

सोमबार, ३० जेठ २०७९, ११ : ४१
सोमबार, ३० जेठ २०७९

बाराको महागढीमाई नगरपालिका–८ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल थलही पुलबाट अनियन्त्रित भई अन्दाजी २५ फिट तल खसेको थियो ।  दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३० बर्षीय दुई जना पुरुषको उपचारको क्रममा कलैया अस्पतालमा राती सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ । 

बरियापुरबाट लैगडाचोक तर्फ जादै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराती साढे १० बजे थलही पुलबाट तल खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप