१५ सांसदले दर्ता गराए बजेट छलफल स्थगनको प्रस्ताव
सोमबार, ३० जेठ २०७९, ११ : २३
प्रतिनिधिसभाका १५ सांसदले संसदमा बजेट छलफल स्थगनको प्रस्ताव दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुले स्थगन प्रस्ताव दर्ता गराएका हुन् । जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्ने स्थगनको प्रस्तावमा उल्लेख गरिएको छ ।
उक्त प्रस्तावमाथि सोमबारको संसद्मा छलफल हुने भएको छ । स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने बताइएको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उक्त प्रस्तावलाई आजको प्रतिनिधिसभा बैठकमा भट्टराईले पेश गर्ने कार्यसूची छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण