अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई बोलायो, अमेरिका भ्रमणबारे चासो
सोमबार, ३० जेठ २०७९, २३ : ००
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएको छ । प्रधानमन्त्रीको अमेरिका भ्रमणको बिषयमा जानकारी लिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई समितिमा बोलाएको हो ।
समितिले प्रधानमन्त्रीलाई छलफलका लागि असार ५ गतेको बैठकमा बोलाउने निर्णय गरेको हो । समितिकी सभापति पवित्रा निरौला खरेलले त्यसअघि समितिले ने परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छलफल गर्ने निर्णय भएको बताइन् ।
निकट भविष्यमै हुन लागेको भनिएको प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले चासो राख्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार
-
लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन
-
संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने, ‘कांग्रेस र एमालेबिच कुनै समस्या छैन’
-
नेविसंघ केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा महतो नियुक्त
-
साउनयता चितवन कारागारका २९ जना कैदीले लिए सुविधा
-
दिल्लीद्वारा राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत