‘प्रकाश’ नेपालसहित विदेशमा पनि एकसाथ
प्रदीप खड्का र दीया मास्के अभिनित फिल्म ‘प्रकाश’ नेपालसहित अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोप पनि एकसाथ रिलिज हुने भएको छ । निर्देशक दिनेश राउतले फिल्मको यी चार देशको राइट बिक्री भएको जानकारी दिए । फिल्म महँगो मूल्यमा बिदेशमा राइट बिक्री गरेको उनले बताएका छन् । तर, राउतले विक्री मूल्य भने खुलाएका छैनन् ।
निर्देशक राउतले सार्वजनिक गरिएको प्रचारसामग्रीले विदेशबाट फिल्मको माग आएको भन्दै नेपालसहित एकै दिन सबैतिर रिलिज हुन लागेको जानकारी समेत दिए । एक युवकले सरकारी स्कूलमा शिक्षक बन्न गर्ने संघर्षको कथामा फिल्म बनेको छ ।
प्रदीप र दीयाको अलवा रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, निरज पन्थी, देवकुमार श्रेष्ठ, हुम विसी, प्रशान्त श्रेष्ठ, लोकेन्द्र लेखक लगायतको अभिनय देख्न सकिन्छ ।
महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत तथा शैलेश श्रेष्ठको पाश्र्व संगीत छ । फिल्म विकास सुवेदीले लेखेका हुन् । फिल्म आगामी भदौ १० देखि प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री डा.राणा चीनको छन्दुमा
-
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान
-
शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
-
कोशी प्रदेशका राज्यमन्त्री राईको सवारी दुर्घटना
-
पोखराका मेयरले बोलाए विशेष नगरसभा, अदालतमा भएको मुद्दा नगरसभाले खारेज गर्दै
-
काठमाडौँ–१६ मा चुनावी परिणाम आफ्नो पोल्टामा पार्न दलहरूको तीव्र दौडधुप