शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

सोमबार, ३० जेठ २०७९, १० : ४५
सोमबार, ३० जेठ २०७९

काठमाडौंको कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ । जडिबुटीतर्फ जाँदै गरेको ना.५ ख. २८१९ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार सम्झना राईको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले रातोपाटीलाई बताए । 

पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राई बा ७१ प ३०५२ नम्बरको मोटरसाइकललाई पछाडी सवार थिइन् । मोटरसाइकल पनि कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै थियो ।  मोटरसाइकल चालक बाग्लुङ घर भएका ३४ वर्षका टिकबहादुर महत र मिनीट्रक चालक सिन्धुपाल्चोक घर भएका २५ वर्षीय सुवास कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनामा गम्भिर घाइते भएकी सम्झनाको उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतलामा मृत्यु भएको एसपी शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप