बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

महर्जनद्वारा ६३औं पटक रक्तदान

सोमबार, ३० जेठ २०७९, १० : ४०
सोमबार, ३० जेठ २०७९

कीर्तिपुरका निकेश महर्जनले ६३ औं पटक रक्तदान गरेका छन् । चोभारको जलविनायकमा शनिबार उनले आफ्नो ६३औं रक्तदान गरेका हुन् ।​ रक्तदानसम्बन्धी बिभिन्न कार्यक्रममा सहभागिता जनाउने महर्जनले स्वयम् ६३औं पटक रक्तदान गरेका हुन् ।

एउटा समान्य स्वस्थ व्यक्तिले सामान्यतया तीन देखि चार महिनामा एक पटक रक्तदान गर्दा धरै रोगहरुबाट बचाउँछ ।
महर्जनले आफूले ६३औं पटक रक्तदान गर्दा निकै खुसी भएको बताए । उनले आफ्नो रगतबाट कुनै व्यक्तिको जीवन जोगिन्छ भन्ने कुरामा झनै आनन्द मिल्ने बताए ।

‘६३औं पकट रक्तदान गर्दा बेग्लै उर्जा जागेको छ । मैले सकेसम्म अझै धरै पटक रक्तदान गर्ने योजनामा छु । आफ्नो रगतले कुनै व्यक्तिको जीवन जोगिन्छ भन्दा निकै गर्व लाग्छ,’ उनले भने ।
महर्जनले बिभिन्न समयमा रक्तदानसमबन्धी कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । अस्पतालहरुमा रगत अभाव भएको बेला–बेलमा सुनिने गरेका कारण अब रक्तदानको अभियान नै चलाउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप