बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चुनावको बजेट खर्चबारे अनुगमन गर्न प्रहरी हेडक्वार्टरले खटायो ८ एसएसपी

आइतबार, २९ जेठ २०७९, २२ : २९
आइतबार, २९ जेठ २०७९

प्रहरी प्रधान कार्यालयले सबै प्रदेश र काठमाडौं उपत्यकामा स्थानीय निर्वाचनमा निकासा भएको बजेटको खर्चबारे अनुगमन गर्न टोली परिचालन गरेको छ । आईजीपी धिरजप्रताप सिंहले ७ प्रदेश र उपत्यकामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा अनुगमन टिम परिचालन गरेका हुन् ।

स्थानीय निर्वाचनमा निकासा भएको बजेटको खर्च पारदर्शिताबारे अनुगमन गर्न ८ जना एसएसपीलाई खटाइएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रदेश–१ मा सन्दिप भण्डारी, मधेश प्रदेशमा टेकप्रसाद राई, बागमतीमा श्यामलाल ज्ञवाली, गण्डकीमा भरत बोहरा, लुम्बिनीमा बुद्धिराज गुरुङ, कर्णालीमा चन्द्र कवेर खापुङ खटिएका छन् । सुदूरपश्चिम प्रदेशमा रामदत्त जोशी र काठमाडौं उपत्यकामा दिपक थापा खटिएका छन् । अनुगमनमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षकहरुले असार १ सम्ममा प्रतिवेदन दिनुपर्नेछ ।

आईजीपी सिंहले आर्थिक अनुशासन कायम भए नभएकोबारे प्रतिवेदन पेश गर्न एसएसपीहरुलाई निर्देशन दिएका छन् । त्यस्तै, म्यादी प्रहरी परिचालनबारे पनि अनुगमन र पृष्ठपोषण लिन एसएसपीहरुलाई कार्यादेश दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप