अब सातामा ६ दिन सेयर बजार खुल्ने, शुक्रबार साढे २ घण्टा मात्रै !
आगामी सातादेखि धितोपत्र बजार (सेयर बजार) ६ दिन खुल्ने भएको छ । यसअघिको निर्णय उल्टाउदै सरकारले आइतबारको सार्वजनिक विदा फिर्ता लिएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबारसहित शुक्रबारसम्म नै बजार खुलाउने भएको हो ।
तर, साताको अन्तिम कारोबार दिन शुक्रबार भने साढे दुई घण्टा मात्र बजार खोल्ने नेप्सेले जनाएको छ । शुक्रबार ११ बजे बजार खोलेर १ः ३० बजे बन्द गरिने नेप्सेले जनाएको छ । अन्य बारहरु आइतबारदेखि बिहीबार भने साविककै ११ बजेदेखि अपराह्न ३ बजेसम्म नै बजार खुल्नेछ ।
सरकारले गत जेठ १ गतेदेखि शनिवार र आइतबार दुईदिन सार्वजनिक विदा दिएसँगै नेप्सेले पनि कारोबार दिनको सेडुल परिमार्जन गर्दै सोमबारदेखि शुक्रबारसम्म पाँच दिन बजार खोल्दै आएको थियो । तर, आइतबारको बिदा कार्यान्वयनमा गएको एक महिना पनि नवित्दै सरकारले सो निर्णय फिर्ता लिएसँगै नेप्सेलाई पनि समय परिवर्तन गर्नुपरेको हो । आगामी असार १ गतेदेखि पूर्ववत् रुपमै सातामा शनिबार मात्र सार्वजनिक बिदा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता