बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

रोनाल्डोलाई ठूलो राहत : सन् २००९ को बलात्कार मुद्दा खारेज

आइतबार, २९ जेठ २०७९, २१ : ३२
आइतबार, २९ जेठ २०७९

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले बलात्कारको आरोपमा ठूलो राहत पाएका छन् । अमेरिकी अदालतले उनको मुद्दालाई प्रक्रिया नमिलेको भनेर खारेज गरिदिएको छ ।  सन् २००९ मा मोडल क्याथरिन मायोर्गाले उनीमाथि लस भेगसको एक होटलमा हातपात गरी बलात्कार गरेको आरोप लगाएकी थिइन् । 

तथापि घटना मिलाउनका लागि मोडलले सन् २०१० मा ३ लाख ७५ हजार डलर  मिलापत्र गरेको तर पछि थप लाखौं डलर माग गरेको समाचार आएको थियो ।  मायोर्गाले दबाबका कारण घटनालगतै पछि आफू मिलापत्रको लागि तयार भएको बताएकी छन् ।

‘तत्कालीन समयमा मैले झेलिरहेको भावनात्मक आघातका कारण त्यस प्रक्रियामा सामेल हुन सकिनँ । अरुमार्फत भएको मिलापत्र प्रस्ताव स्वीकार्ने दबाबमा परेँ,’ मायोर्गाले बताएकी थिइन् । अदालतको ४२ पृष्ठको फैसलामा रोनाल्डोलाई सबै आरोपबाट सफाइ दिइएको छ । फैसलामा अभियुक्त महिलाका वकिलले सुनुवाइमा सही प्रक्रिया नबनाएको र त्यसको कारण ‘मायोर्गाले मुद्दा अघि बढउने सम्भावना गुमाएको’ उल्लेख छ ।

 

न्यायाधीश जेनिफर डार्सीले मायोर्गाका वकिल लेस्ली स्टोभालले गलत तरिकाबाट हासिल गरेको सूचना तथा दस्तावेजका आधारमा मुद्दा लडेको आरोप लगाएकी छन् ।  सन् २०१७ मा जर्मन पत्रिका डेर स्पिगेलले सात वर्षअघि मायोर्गा र क्रिश्टियानो रोनाल्डोले घटनालाई बाहिर नल्याउने सहमति गर्दै अदालत बाहिर मिलापत्र गरेको समाचार छापेको थियो । 

मायोर्गाकी वकिलले भने मीटू आन्दोलनले बढाएको चेतनाको रापमा विगतमा जे सहमति भएको भए पनि मुद्दालाई अगाडि बढाउने प्रेरणा मिलेको बताएकी थिइन् ।  लास भेगासस्थिति क्लार्क काउन्टी डिस्ट्रिक्ट अटोर्नी कार्यालयले मायोर्गाले सन् २००९ मा आफूमाथि आक्रमण भएको रिपोर्ट गरेको स्वीकार गरेको छ । 

तर उनले त्यसबेला घटना कहाँ भएको र कसले आक्रमण गरेको बताउन अस्वीकार गरेका कारण प्रहरीले थप अनुसन्धान गर्न नसकेको कार्यालयले बताएको छ ।  सन् २०१८ मा मायोर्गाले घटनको अनुसन्धान गरिदिन पुन आग्रह गरेकी थिइन् । 

रोनाल्डाले सन् २००९ मा लस भेगासमा दुईबीच भेट भएको खण्डन गरेका छैनन् तर दुई बीच जे भएको भएपनि त्यो सहमतिमा भएको बताउँदै आएका छन् । –बीबीसीबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप