आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बिलेट्स आयातमा बढाइएको अन्तःशुल्कले संकटमा स्टिल उद्योग

आइतबार, २९ जेठ २०७९, २० : ३२
आइतबार, २९ जेठ २०७९

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत गरिएको नयाँ व्यवस्थाले स्टिल र फलामजन्य उद्योग संकटमा धकेलिएका छन् । नेपाल स्टिल रोलिङ मिल्सका अनुसार सरकारको नीतिले अर्बौं लगानी रहेका २२ वटा उद्योग संकटमा परेका हुन् ।

आर्थिक विधेयक २०७९ मार्फत फलामे डण्डीको कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा भन्सार महसुल १ प्रतिशत मात्र कायम गरी अन्तःशुल्क पूर्ण छुट गरेको छ । यस्तै, बिलेट्स आयातमा ४.७५ प्रतिशत भन्सार दर कायम गरी भन्सार बिन्दुमा लिइँदै आएको प्रतिमेट्रिक टन २ हजार ५०० रुपैयाँ अन्तःशुल्क बढेर ३ हजार ५०० रुपैयाँ पुगेको छ ।

यो व्यवस्थाले नेपालमा सञ्चालित ३० डण्डी उद्योगहरुमध्ये स्पञ्ज आईरन तथा पत्रु पगालेर डण्डी बनाउने ८ उद्योगहरुलाई मात्रै लाभ मिलेको एशोसिएसनले बताएको छ । बाँकी २२ उद्योगहरुलाई ठूलो नोक्सान हुने विभेदकारी अवस्था सृजना भएको बताइएको छ । यस्तै, एकै प्रकृतिका वायर उद्योगको कच्चा पदार्थ एम एस वायरमा साविक ५ प्रतिशत भन्सार महसुललाई वृद्धि गरि १० प्रतिशत पुर्याइएको छ ।

यसैगरी, भन्सार बिन्दुमा लिइँदै आएको प्रति मेट्रिक टन २ हजार ५०० अन्तःशुल्क बढेर ४ हजार ५०० रुपैयाँ पुगेको छ । बिलेट्स आयात गरी डण्डी बनाउने उद्योगहरुको संख्या तुलनात्मक रुपमा धेरै हुँदा पनि सिमित उद्योगहरुको योजनालाई सहयोग पुग्ने गरी समग्र सरोकारवाला तथा उद्योगीहरुसगंको छलफल बिना ल्याइएको यो नीतिले नेपालका करिब ८० प्रतिशत डण्डी तथा वायर उद्योग मर्कामा परेको बताइएको छ । 

यस व्यवस्थाले निम्ताएका अवस्थाहरु निम्नानुसारका छन्ः  

स्पञ्ज आईरन तथा बिलेट्सबाट छड बनाउँदा लाग्ने कच्चा पदार्थको लागत मूल्य भन्सार महसुल मै १२ देखि १३ रुपैयाँसम्म महङ्गो पर्ने उद्योगीहरुको भनाइ छ । यस्तै, यो व्यवस्थाले बजारमा सिमित उद्योगको एकाधिकार हुने समेत एशोसिएशनको भनाइ छ । यसका साथै, स्पञ्ज आइरनको भन्सार छुट गर्दा सरकारले संकलन गर्ने भन्सार राजश्व  अन्तःशुल्कमा कमि आउने बताइएको छ ।

अर्बौंको लगानी बचाउन के गर्नुपर्छ ?
- स्पञ्ज आइरनको आयातमा भएको परिमाणात्मक वृद्धिबाट राजश्वमा टेवा नपुगेकाले भन्सार महसुलमा १ प्रतिशतलाई परिवर्तन गरेर ३ प्रतिशत कायम गर्नुपर्ने,
- गत आर्थिक बर्षको प्रतिस्थापन विधेयक मार्फत तयारी वस्तुमा लाग्दै आएको प्रति मेट्रिक टन १ हजार ६५० अन्तःशुल्क बढाएर २ हजार ५०० रुपैयाँ पुर्याइएको थियो । यो अन्तःशुल्क भन्सार बिन्दुमा नलाएर कच्चा पदार्थबाट बनेका तयारी वस्तु फलामे लगाउनु पर्छ,
- र, फलामे डण्डी र वायर एकै पकृतिका उत्पादन भएकाले समान दरमा भन्सार महसुल तथा अन्तःशुल्क कायम गरिनु पर्ने एशोसिएसनले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप