बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपी मनोज पाण्डेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा

आइतबार, २९ जेठ २०७९, २० : १८
आइतबार, २९ जेठ २०७९

बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ । सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध मानव बेचविखन र बालयौन दुव्र्यवहार गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर ‘अनुसन्धान प्रतिवेदन’ सरकारी वकिल कार्यालयमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

कपिलवस्तु घर भएका पाण्डेले २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता पछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौंको एभरेष्ट होटलमा बलात्कार गरेको पिडित युवतीको आरोप छ । तर, पाण्डेले अनुसन्धान अधिकृत र सरकारी वकिलसँग सो आरोप अस्विकार गरेका छन् । प्रहरीसँग उनले भनेका छन्,‘मलाई आरोप लगाएर भिडियो सार्वजनिक भएपछि प्रहरीमा हाजिर हुन खोजेको थिएँ, मैले केही पनि गरेको होइन् ।’

पाण्डेविरुद्ध अर्की नाबालिकाले पनि यौन दुव्र्यवहारको जाहेरी दिएकी थिइन् । बाल यौन दुरुपयोग गर्न नहुने कसुरमा प्रहरीले उनलाई ३ वर्ष कैद र ३ हजार जरिवाना हुनुपर्ने अनुसन्धान प्रतिवेदन बुझाएको छ । अनुसन्धान अधिकृतले मानव बेचविखन विरुद्धको कसुरमा हदैसम्म कैद र जरिवानाको मागदाबी लिनुपर्ने प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप