निको हुनेभन्दा कोरोना संक्रमितको संख्या बढी
आइतबार, २९ जेठ २०७९, १९ : ०२
पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१६२ जनाको पीसीआर र १२९१ जनाको एन्टिजेन गरी ३४५३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआरबाट ११ र एन्टिजेनबाट ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअवधिमा थप १२ जना कोभिड १९ बाट निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १०६ जना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान
-
इलाम क्षेत्र नम्बर २ मा ६० प्रतिशत मतदान
-
दक्षिण एसियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा ‘मुखको क्यान्सर’
-
नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरी छ : अमेरिकी राजदूत
-
इलाममा आजै राति, बझाङमा आइतबार बिहानसम्म मतपेटिका सङ्कलन गरिसकिने : आयोग
-
मटिहानी आगलागी : मुख्यमन्त्री यादवद्वारा छिट्टै राहत प्याकेज ल्याउने प्रतिवद्धता