आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सहिद जोखन चौधरीका परिवारलाई सम्मान

आइतबार, २९ जेठ २०७९, १८ : २९
आइतबार, २९ जेठ २०७९

दश वर्षे जनयुद्धका सहिद जोखन रत्गैया चौधरी (हिम्मत)का परिवारलाई सम्मान गरिएको छ । सहिद जोखन रत्गैया चौधरी (हिमत) स्मृति प्रतिष्ठान कैलालीको आयोजनामा उनका आमा र श्रीमतीलाई सम्मान गरिएको हो ।

रत्गैयाकी आमा सुर्नानी देवी चौधरीलाई नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्ट र श्रीमतीलाई प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान गरेका हुन । उनीहरुलाई दुबैले दोसल्ला र खादा ओढाएर सम्मान गरेका थिए ।
यसअघि रत्गैयाको सम्झनामा उनको तस्बिरमा इन्चार्ज खगराज र मुख्यमन्त्री त्रिलोचन भट्टसहित माओवादीका नेता कार्यकर्ताहरूले माल्यार्पण र टीकाटालो गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

रत्गैया २०५९ साल जेठ २९ गते शशस्त्र जनयुद्धका क्रममा मारिएका थिए । जोखन चौधरी २०४४ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेको र माओवादी जनयुद्ध ताका पार्टीको विभिन्न भूमिकामा रही कुशलतापूर्वक जिम्मेवारी निभाएका नेता मध्येका एक हुन ।

२०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्धको प्रभावलाई थारु गाउँमा बिस्तार गर्न र माओवादी विचार धाराको सम्प्रेषण गर्न जोखन चौधरीको ठूलो भूमिका रहेको बताइन्छ । पार्टीभित्र हिम्मत उपनामले चिनिने चौधरी भूमिगत रहेका बेला तत्कालीन शाही नेपाली सेनाले हालको भजनी नगरपालिकाको एक गाउँमा घेराहाली हत्या गरेको प्रतिष्ठानका अध्यक्ष हरि चौधरीले बताए । 
 
जोखन चौधरीको हत्या भएको १६ वर्षपछि (२०७५ सालमा) प्रतिष्ठान गठन भएको थियो । सो प्रतिष्ठानले सोही दिनदेखि हरेक वर्षको उनको स्मृतिमा विभिन्न गतिविधि गर्दै आएको अध्यक्ष चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप