बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

साउदीसँग चिसियो अमेरिकाको सम्बन्ध, बाइडेनले सारे प्रस्तावित भ्रमण

आइतबार, २९ जेठ २०७९, १८ : २४
आइतबार, २९ जेठ २०७९

अमेरिकाका राष्ट्रपति जो बाइडेनले चर्चामा रहेको साउदी अरब भ्रमण सम्बन्धमा निर्णय नभएको बताएका छन् । गत साता बाइडेनको साउदी अरब भ्रमणको सम्भावना समाचार बाहिरिएपछि डेमोक्रेटिक पार्टीका विधायक तथा विभिन्न मानव अधिकार समूहले विरोध गरेका थिए । 

आलोचनाका बीच बाइडेनले शनिबार आफूले साउदी अरबको भ्रमणको निर्णय नगरीसकेको प्रतिक्रिया दिएका छन् । अमेरिकी सरकारका स्रोतहरुले गत साता स्थानीय मिडियालाई बाइडेनले साउदी अरबको भ्रमणको योजना बनाइरहेको बताएका थिए । 

यसअघि बाइडेनले मानव अधिकार हननका कारण लामो समयदेखिको साझेदार साउदी अरबसँगको सम्बन्ध ‘पुनर्विचार’ गर्ने प्रतिवद्धता जनाएका थिए ।  बाइडेनले साउदी अरबका युवराज मोहम्मद विन सलमानको जमाल खशोग्गीको हत्यामा संलग्नतालाई लिएर प्रश्न उठाउँदै आएका छन् । एक समय उनले समालनलाई ‘परित्यक्त’ को संज्ञा दिएका थिए । 

विश्व बजारमा तेलको बढ्दो मूल्यले आगामी मध्यावधी चुनावमा डेमोक्रेटिक पार्टीको चुनावी परिणाममा असर पर्ने आशंका माझ बाइडेनले साउदीसँग कुराकानी बढाउने चर्चा छ । 
ह्वाइट हाउस अधिकारीले भने बाइडेन सरकारले विगतका घटनालाई बेवास्ता नगर्ने बताए ।

‘तथापि साउदी अरबको सम्बन्धलाई तोड्नभन्दा पनि पुनरविचार गर्न आवश्यक रहेको’ कुरामा तिनको जोड छ । साउदी अरब विगत असी वर्षदेखि अमेरिकाको रणनीतिक मित्र रहदै आएको छ । 
विहिबार १३ मानव अधिकारवादी समूहले बाइडेनलाई संयुक्त चिठ्ठी लेख्दै अमेरिकी राष्ट्रपति बाइडेन र साउदी युवराजबीचको भेटघाटले थप मानव अधिकारका घटना बढाउने र दण्डहीनता वृद्धि गर्ने जोखिम बढ्ने बताए । 
उनीहरुले साउदी भ्रमणअघि सो देशबाट मानव अधिकार सम्बन्धमा ठोस प्रतिबद्धता गराउनुपर्ने माग गरेका छन् । 

डेमोक्रेटिक पार्टीका एक जना विधायक एडम स्किफ लगायत पाँच अन्य विधायकले साउदी अरबसँगको कुनै पनि अन्तरक्रियालाई ‘अमेरिकी राष्ट्रिय स्वास्थ्य पूर्ति हुने हिसाबले पुनर्विचार गर्नुपर्ने’ माग गरेका छन् । बाइडेनलाई लेखिएको पत्रमा उनको भ्रमण रद्द गर्नुभन्दा पनि साउदी अरबसँगको भेटमा यमन युद्ध, खसोग्गीको हत्या र तेलको मूल्यसमेत ६ प्रमुख मुद्दालाई उठाउन आग्रह गरेका छन् । 
अलजजिराबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप