१० सिटे भएपनि मुख्यमन्त्री पड्काइयो : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ढंग नहुँदा एमालेको दुई तिहाईको सरकार ढलेको बताएका छन् । तर, आफ्नो पार्टी एकीकृत समाजवादीको १० सिट हुँदा पनि मुख्यमन्त्री पाएको उनको भनाइ छ ।
प्रदेश १ को प्रदेशसभामा आज सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले सरकार गठन भएको विषयलाई लिएर एमालेका सांसदहरुले पटकपटक घोचपेचको शैलीमा उत्रिएको पनि बताए ।
‘सरकार गठन प्रक्रियाको विषयलाई लिएर पटकपटक घोचपेचको शैलीमा प्रतिपक्षीको नेता माननीयज्यूहरु उत्रनुहुन्छ,’ राईले भने, ‘खानको लागि बनेको, जोडजाड गरेर बनेको, टालाटुली बाटुली, परमादेशको केन्द्र हुँदै यहाँ पनि आएको, पाँच रत्ने पञ्चरत्ने, झोलीतुम्बे बोकेर हिँड्ने । यस्तो यस्तो ।’
राईले संविधानले ४७ वटै पार्टीको एक एक सांसद मिल्यो भने पनि सरकार बन्छ भन्ने विषय स्पष्ट भनेको र सोही अनुसार सरकार बन्दा कसैको टाउको दुखाएर नहुने पनि बताए । ‘तपाईहरुले नछोड्न खोज्नुभएको हो, रोक्न खोज्नु भएको हो । अब ४७ जना सांसद मिलेर त सरकार बन्छ नि । दलीय व्यवस्थामा संविधानको धाराले एउटा सांसदले पनि बहुमत जुटाए सरकार बन्छ भनेको छ,’ राईले भने, ‘माननीय भनेको उच्च पद हो । त्यो पदमा बसेकाले यस्तो कुरा गर्न सुहाउँदैन ।’
अहिलेको सरकार बनेको विषयमा एमालेले शिक्षा लिनुपर्ने मुख्यमन्त्रीको धारणा थियो । ‘यो सरकारलाई घोचपेच होइन, बरु यसबाट शिक्षा लिन जरुरी छ । के शिक्षा भन्दा ढंग पुर्याएन भने दुई तिहाई भन्दा माथिको बहुमत पनि गुम्दो रहेछ, ढंग पुर्याउँदा म जस्तो १० सिटेले पनि मुख्यमन्त्री पड्काउन सकिँदो रहेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण