सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

‘हाँस्ने खेल्ने बेलैमा’ भन्दै क्लबमा नाचिन् पूजा

आइतबार, २९ जेठ २०७९, १७ : ४७
आइतबार, २९ जेठ २०७९

अभिनेत्री पूजा शर्मा ‘हाँस्ने खेल्ने बेलैमा’ भन्दै डान्स क्लबमा नाचेकी छन् । उनले शनिबार ठमेलस्थित प्लेब्वाई क्लबमा फिल्म ‘सम्झना बिर्सना’ को आइटम गीत ‘हाँस्ने खेल्ने बेलैमा’ छायाङ्कन क्रममा क्लबमा नाचेकी हुन् । क्लबमा उनलाई डान्समा अभिनेता आकाश श्रेष्ठले साथ दिएका थिए ।

शनिबार क्लबमा छायाङ्कन भएको गीतको आइतबार भक्तपुर दरबार स्क्वायरमा पनि छायाङ्कन भएको छ । गीतमा कलाकार नचाउने काम कोरियोग्राफर रामजी लामिछानेले गरेका हुन् । अञ्जु पन्त र किरण गजमेरको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

‘सम्झना बिर्सना’ ३१ असारको अन्तिम साता रिलिज हुन लागेको फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले प्रचारका लागि थप सहयोग हुने उद्देश्यले आइटम गीत बनाएको हो । आकाश र पूजाकै मुख्य भूमिका रहेको फिल्मका निर्देशक निमेष प्रधान हुन् भने निर्माता रेबीका र अद्वितीय प्रधान रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप