गीतकार चाम्लिङको नयाँ गीत ‘ओ नाना ताया’
गीतकार टीका चाम्लिङको रचनामा ‘ओ नाना ताया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राई नवीनको सङ्गीत र सुन्दर रोदुङको आवाज रहेको गीतको भिडियो आदिम आवाज अनलाइन टिभीको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
गीतमा दश वर्षे सशस्त्र आन्दोलनमा एक सामान्य परिवारले भोग्नु परेको पीडाको कथा समेटिएको छ । गीतमा सङ्गीत संयोजन नोर्वु शेर्पा, रेकर्डिष्ट पदम रजान मगर, मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङको रहेको छ । गीतको भिडियोको छायांकनका खोटाङको नुनथला क्षेत्रमा गरिएको हो ।
भिडियोमा भूमिकामा प्रमिला राई, इसम्बु चाम्लिङ राई, सुम्निमा चाम्लिङ राई, कुमार राई, बालकलाकारका रूपमा नाकिमा चाम्लिङ राईलगायत छन् । भिडियोमा क्यामेरा तथा ड्रोन सञ्चालन टार्जन लिम्बूले गरेका हुन् भने लाइटस् जयन्द्र कुँवर र रङ संयोजन तथा सम्पादन दिपेन बस्न्यातको रहेको छ । भिडियोको कथा तथा परिकल्पना गीतकार चाम्लिङ स्वयंको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला