शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिकिलो १०५ रुपैयाँ पुग्यो चिनीको मूल्य !

आइतबार, २९ जेठ २०७९, १७ : ३२
आइतबार, २९ जेठ २०७९

नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार आजदेखि चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर १०५ रुपैयाँसम्म पुगेको हो । संघका महासचिव अमुलकाजी तुलाधरले रातोपाटीसँग चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको जानकारी दिए । उनले भने, ‘यसअघि खुद्रा बजारमा प्रतिकिलो ९५ रुपैयाँ थियो । अहिले बढेर १०५ रुपैयाँ पुग्यो ।’

उनले भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाल प्रभावित बनेको बताए । ‘नेपालको उत्पादनले आन्तरिक माग धान्दैन । माग धान्न भारतबाट ल्याउनुपर्छ,’ तुलाधरले भने, ‘भारतले निर्यात रोकेपछि थोक व्यापारीले चिनी लुकाएका छन् ।’

थोक व्यापारीले चिनी लुकाएपछि बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो १०५ रुपैयाँदेखि ११० रुपैयाँसम्म कायम भएको छ । संघले आधिकारिक रूपमा १०५ रुपैयाँ तोके पनि व्यापारी पिच्छे फरक–फरक मूल्य कायम भएको तुलाधरको भनाइ छ ।

यसअघि, पनि चिनीको खुद्रा मूल्य प्रतिकिलो ९५ रुपैयाँ रहेपनि व्यापारीले ९८ रुपैयाँसम्म बिक्री गर्थे । यसपटक पनि यसैगरी खुद्रा व्यापारीले ११० रुपैयाँसम्म बिक्री गर्ने तुलाधरको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप