‘सिल्ली फो’ ले संघर्षको दिन सम्झायो – केकी
अभिनेत्री केकी अधिकारीले ‘सिल्ली फो’ फिल्म अभिनयले आफ्नो संघर्ष दिन सम्झाएको बताएकी छन् । आइतबार निर्माण युनिटले फिल्मको प्रदर्शनबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा उनले फिल्मको आफ्नो भूमिका र आफ्नो संघर्ष दिन उस्तै उस्तै रहेको सुनाइन् ।
‘फिल्ममा मैले निर्वाह गरेको चरित्र संघर्ष गरिरहेको एक युवती रहेको छ’ केकीले भनिन् ‘हामीले भोगिरहेको र देखिरहेकै कुरा भएकाले फिल्ममा अभिनय गर्न धेरथोर सहज भयो ।’ फिल्मले दर्शकलाई मनोरञ्जन र नयाँपन दिने दाबी गरिन् ।
कमेडी जनरामा निर्माण भएको फिल्म ‘सिल्ली फो’ ३१ असारबाट प्रदर्शनमा आउँदैछ । राजबहादुर सानेको निर्देशन रहेको फिल्ममा केकीको अलवा राजाराम पौडेल, रविन्द्र झा, धिरेन शाक्य, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल, रेजिना थापा, राज गौतम, अम्बर बहादुर विष्ट, सौजन बोहोरा, जयमन बिश्वकर्मा, सरस्वती रम्जाली मगर लगायतको अभिनय छ ।
कार्यक्रममा कलाकारद्धोय राजाराम पौडेल, रविन्द्र झाले फिल्ममा अभिनय गर्दाका रमाइला किस्सा सुनाएका थिए । उनीहरुले फिल्मले सबैलाई मनोरञ्जन दिने समेत बताएका थिए । मनोज डिके निर्माता रहेको फिल्मका सह–निर्माता विशाल श्रेष्ठ हुन् । फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन छ । फिल्म सुनील मानन्धरको श्रीराम बालाजी फिल्मस्को ब्यानरमा बितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
-
परराष्ट्रमन्त्री डा.राणा चीनको छन्दुमा
-
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान
-
शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
-
कोशी प्रदेशका राज्यमन्त्री राईको सवारी दुर्घटना
-
पोखराका मेयरले बोलाए विशेष नगरसभा, अदालतमा भएको मुद्दा नगरसभाले खारेज गर्दै