बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

‘काठमाडौं सर्ट फिल्म फेस्टा’ को छैठो संस्करण सुरु

आइतबार, २९ जेठ २०७९, १७ : ०५
आइतबार, २९ जेठ २०७९

‘काठमाडौं सर्ट फिल्म फेस्टा’ को छैठो संस्करण सुरु भएको छ । छायाँछबी क्रियसनले ५ वर्षदेखि नियमित आयोजना गर्दै आएको फेस्टाले यो वर्ष पनि निरन्तरता पाउन लागेको हो । 

आयोजकले आइतबार एक विज्ञप्ति जारी गर्दै फेष्टका लागि आवेदन खुल्ला भएको जनाएको हो । फेस्टाका लागी २०७९ असार २६ गतेसम्म आवेदन दिनुपर्ने प्रावधान राखिएको छ । ‘काठमाडौं सर्ट फिल्म फेस्टा २०२२’ छोटा फिल्म एवं छोटा वृत्तचित्रले भाग लिन पाउने छन् । जसको अवधि २ देखि ५९ मिनेटसम्मको हुनुपर्नेछ । पछिल्लो समय नेपालमा छोटा फिल्म एवं वृत्तचित्रको निर्माण बढेको छ । छोटा फिल्म एवं वृत्तचित्र उत्कृष्ट गुणस्तर र प्रविधिमा निर्माण हुन पनि थालेका छन् । यस्ता फिल्म एवं वृत्तचित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पु¥याउन र अझै गुणस्तर युक्त निर्माणमा सघाउ पुराउने उदेश्यले फेस्टा आयोजना गर्दै आएको आयोजक छायाँछबिका अध्यक्ष शान्ति प्रियले जानकारी दिए ।

‘नेपाली छोटा वृत्तचित्र एवं फिल्मले अन्तराष्ट्रिय महोत्सवमा अवार्ड प्राप्त गर्ने क्रम बढेको छ । त्यस्ता वृत्तचित्रलाई स्वदेशमा समेत प्रोत्साहन गरिनु पर्छ भन्ने पनि फेस्टाको उद्देश्य हो’शानती प्रियले थपे । फेस्टामा सहभागी फिल्मलाई वेष्ट सर्ट फिल्म (फिक्सन), वेष्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, वेष्ट सर्ट फिल्म (डकुमेन्ट्री), वेष्ट सर्ट फिल्म (डकुमेन्ट्री) निर्देशक, वेष्ट कन्सेट/स्कृप्ट, वेष्ट बायोपिक डकुमेन्ट्री, जुरी अवार्ड, पब्लिक च्वाइस अवार्ड, वेष्ट म्यासेज फिल्म, इन्करेजमेन्ट अवार्ड लगायतका विधामा अवार्ड प्रदान गरिनेछ । विजेता फिल्म तथा वृत्तचित्रले अवार्डको अलवा ट्रफि र नगद पुरस्कार समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप